दसैं कप फुट्सल प्रतियोगिताको लागि क्योदाइ सिजुका ऐफ•सी• को तयारी

मिलन मगर/
फुकुओका जापान भाद्र, ११- 
फुकुओका शहरमा ओहासी ग्रुपद्वारा नेपालीहरुको महान चाड दसैंको अबसर पारेर सत्र सेप्टेम्बर मा प्रथम पुरस्कार तीन लाख ऐन को फुट्सल प्रतियोगिता हुनेभएको छ । सोही प्रतियोगिताबाट प्रथम उपाधिको दाबेदारको लागि फुकुओकाको नीकै प्रख्यात टिम क्योदाइ सिजुका ऐफ•सी• ले ब्यापक रुपमा फुट्सल कृयाकलाप गरेको छ।

फुकुओकाको योशिजुका स्थित फूटबल मैदानमा समयको सेकेन्ड सुइ अनुसार चल्नु पर्ने ठाउमा समय संङघर्ष गर्दै सोही फुट्सल प्रतियोगिताको तयारी भैईरहेको छ । प्रथम उपाधि क्योदाइ सिजुका ऐफ•सी•ले हात पार्ने समेत नाम नभन्ने सर्तमा सिजुका ऐफ•सी•का खेलाडीले जानकारी दियका थिय।