नेपालगन्ज महोत्सवमा आज दुर्गेश थापा, डान्सर दिपासा बिसि र गायिका करिश्मा घर्ति आउँदै

नेपालगंज,माघ,६-

दर्शकको व्यापक सहभागीताले सफल हुँदै गएको नेपालगन्ज महोत्सव २०७५ को ११ औँ दिन माघ ६ गते आइतबार युवाहरुको ढुकढुकी बहुचर्चित गायक तथा मोडल दुर्गेश थापा, चर्चित डान्सर दिपाशा बिसि , चर्चित गायिका करिश्मा घर्यी लगाएत अन्य थुप्रै हास्यकलाकारहरु आउने भएका छन।

दर्शकको आग्रहमा आयोजकले उनिहरुलाई नेपालगन्ज ल्याएको हो ।प्रचारपसार उप समिति संयोजक सुनिल रेग्मीका अनुसार कार्यक्रममा सहभागी हुन उनिहरु शनिवार नै नेपालगन्ज आइपुगेका छन् ।आइतबार गायक दुर्गेश थापाले चर्चित गीतहरु यो ज्याम फाल्दिन्छु, रातोरातो खुर्सानी, जेलमा, गल्कोटे लगाएतका थुप्रै चर्चित गीतहरु प्रस्तुत गर्ने छिन।

त्यस्तै चर्चित डान्सर दिपाशा बिसिले पनि आफ्नो जादुमय डान्स प्रस्तुत गरेर दर्शकहरुलाई मनोरन्जन दिने छिन।मेलामा आउने अर्कि सुमधुर आवाजकि धनी लोकदोहोरी गायिका करिश्मा घर्तिले पनि आफ्नो धमाकेदार प्रस्तुती राख्ने छिन।आइतबार करिब १० हजार दर्शकले महोत्सवको अबलोकन गर्ने आयोजक ले अपेक्षा लिएको छ ।
त्यस्तै प्रचारप्रसार संयोजक सुनिल रेग्मिका अनुसार नृत्य प्रतियोगिताको फाइनल लागि आइतबार प्रतियोगिता हुने छ । रेग्मिका अनुसार आइतबार जम्म ३३जनाले प्रतिस्पर्धिले प्रतिस्पर्धा गर्ने छन। भोलि पनि राष्ट्रिय तथा स्थानिय कलाकारको बेजोड प्रस्तुती रहने महोत्सव माघ ८ गते सम्म सन्चालन हुने आयोजकले जनाएको छ।