काठमाडौं,भदौ,३१-नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार ११ जनाको मृत्यु भएको जनाएसँगै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २ पुगेको छ ।बिहीबार १५ सय ११ संक्रमित थपिएका छन् ।
जसमा ११ हजार २ सय ८ पीसीआर परीक्षणबाट १० दशमलव ४० प्रतिशत अर्थात् ११ सय ६५ संक्रमित थपिएका हुन् ।
थपिएकामा काठमाडौंका २ सय ९३, मोरङ्गका १ सय २०, ललितपुरका ९८, कास्कीका ९३ तथा भक्तपुरका ३९ जना हुन् । बिहीबार १६ सय ८९ जना संक्रमितलाई निको भएको छ ।
हाल २५ हजार ७ सय ७२ जना सक्रिय संक्रमित रहेका छन् । अहिलेसम्म कोरोना विरुद्धको १ करोड १५ लाख ३० हजार ३ सय ४५ डोज खोप लगाइएको छ । जसमा ५४ लाख ७३ हजार १ सय ५१ जनाले पूर्ण खोप लगाएका छन् ।