बाजुरामा आगामी जेठ ३१ मा ९ तहका २ सय ६३ सिटका लागि निर्वाचन हुने

रमित बि.क.,

बाजुरा,जेष्ठ ९-

बाजुराका ४ नगरपालिकाका ३८ वटा वडा र ५ गाउँपालिकाका २१ वटा वडा गरी जम्मा ६९ वडा रहेका छन् । मेयर उपमेर सहित १९८ सिट नगरपालिकामा र अध्यक्ष उपाध्यक्ष सहित १ सय ६५ गाउँपालीका गरी जम्मा २६३ सिटको निर्वाचन हुने जिल्ला निर्वाचन काार्यालय बाजुराका सूचना अधिकारी मानबहादुर थापाले जानकारी दिनुभएको छ ।

६४ हजार ९ सय ५० मतदाता छन् भने ३२ हजार ४ सय २७ महिला ३२ हजार ५ सय २१ पूरुष र दुुईजना तेस्रो लिंगी रहेका छन् । बाजुराका ९१ बुंद केन्द्रका ६९ मतदान स्थल रहेको जिल्ला निर्वाचन कार्यलयका सूचना अधिकारी थापाले जानकारी गराउनुु भएको छ । साथै मतदातालाई सबैले आआफ्नो क्षेत्रबाट मतदाता शिक्षा दिन पनि थापाले अनुरोध गर्नु भएको छ ।