मरेको लास माथी फुल चडाईदिन आग्रह गर्दै बिरही

सिर्जना बर्देवा,

ओखलढुंगा, जेठ,९-

नेपाली लोक सागित बजारमा एक पछि अर्को गर्दै निरन्तर गित संगित बजारमा आईरहेका छन् । यसै क्रममा एउटा निकै दर्दानक गितको म्युजिक भिडियो लिएर आएका छन् कलाकार रामु बिरही ,सानै उमेर देखी गितसंगितमा रुचि राख्थे र आज एउटा असल कलाकार बनेका छन् ।

बाग्लुङ्गको देबीस्थान जस्तो बिकट ठाउमा जन्मीएका बिरही अहिले काठमान्डौलाई आफ्नो कर्मथलो बनाईरहेका छन् । बिरही साथीभाई डिजिटल म्युजिक प्रालिका प्रबन्ध निर्देशक हुन् भने अभिनय,गायन,लय,शव्द,निर्देशन देखी लगेर हास्यकलाकारका रुपमा चिरपरिचित रहेका छन् ।

भर्खरै मात्र बिरहीले अभिनय गरेको “म मरेको लास माथी” नामक गितको म्युजिक भिडियो सार्बजनिक भएको छ । बिरहीले यस म्युजिक भिडियोमा आफै मरेको अभिनय गरेका छन् । आफुले माया गरेको मन पराएको मायालु अरु कसै सगं बिहे गरेर गएसी बिरहीको मृत्यु भएको भिडियोमा देख्न सकिन्छ ।

चर्चित लोकदोहोरी गायक पुश्कल शर्मा र देबी घर्तिको सुमधुर स्वर, बिष्णुमाया बिष्टको उत्कृष्ट लय मुस्कान शिरिश मगर र प्रनिशा रिमाल रेणु को शव्द सिर्जना, श्यामलाल कडेलको थेगो रहेको यस गितको म्युजिक भिडियोमा बिरही लाई दक्षिणा शाही ठकुरी र दिपक लामाले अभिनयमा साथ दिएका छन् ।

भिडियोका निर्देशन स्वयम बिरहीले नै गरेका छन् भने सुजन दाहालको छायांकन र बिष्णु शर्माले भिडियोको सम्पादन गरेका छन् । साई भिजन प्रालीले दृष्य निर्माण गरेको यस म्युजिक भिडियो तथा अडियो लाई स्वयम बिरहीको म्युजिक कम्पनी साथी भाई डिजिटल म्युजिक प्रा लीले बजार व्यबस्थापन गरेको छ ।