आइडियललाई ४५ रनले हराउँदै होलिल्याण्ड मावी विजयी

नेपालगन्ज,फाल्गुन,५-
आईतबारवार सम्पन्न खेलमा आईडियल माविलाई ४५ रनले पराजित गर्दै होलील्याण्ड फाईनलमा पुगेको हो । टस जितेर पहिलो ब्याटिंग रोजेको होलील्याण्डले निर्धारित २० ओभर खेल्दै ७ विकेटको क्षतिमा १ सय ५२ रन बनाएको थियो ।

होलील्याण्डका सामन्त शाहीले ४८, अंकित थापामगरले २८, अनिमेश शाहीले २४ तथा फरदिन खानले २२ रन बनाएका थिए । आईडियलका मकबुल राईले ३ तथा दानिश खानले २ विकेट लिएका थिए । १ सय ५३ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको आईडियल १६. २ ओभरमा सम्पुर्ण विकेट गुमाउदैं १ सय ७ रनमा सीमित भएपछि ४५ रनले पराजय स्वीकार्नु प¥यो ।

होलिल्याण्डका आशिफ अन्सारीले ४ तथा म्यान अफ द म्याच घोषित अनिमेश शाहीले २ विकेट लिए । सोमबार एबिसी रेजिडेन्सल माबि र आदर्श माबि बीच प्रतियोगिताको दोस्रो सेमीफाईनल खेल हुने प्रतियोगिता संयोजक मेराज अन्सारीले जानकारी दिएका छन ।