मृगौला रोग सम्बन्धी बृहत अन्तक्रिया नेपालगंजमा हुने

नेपालगंज,फाल्गुन,६-
बाँकेको नेपालगन्जमा फागुन ११ गते शनिबारको दिन मृगौला रोग सम्वन्धी वृहत् छलफल तथा अन्तरक्रिया कार्यक्रम हुन लागेको छ ।नेपालमा मृगौला बचाउ अभियानका अभियन्ता तथा राष्ट्रिय किड्नी सेन्टरका निर्देशक बरिस्ठ मृगौला रोग विशेषज्ञ डा-ऋषि काफ्लेले नेपालगन्जको होटल सिद्धार्थ हस्पिटलिटीमा उक्त कार्यक्रम गर्न लागेका हुन् ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको समन्वयमा तथा विभिन्न संघ संस्थाहरुको सहयोगमा कार्यक्रम गर्न लागिएको मेडिकल कलेजका प्रवन्ध सञ्चालक डा-सुरेश कुमार कानोडियाले बताए । उक्त कार्यक्रममा मृगौला रोगीहरु , चिकित्सक , बुद्धिजीवी , पत्रकार , सर्वसाधारण, स्वास्थ्यकर्मीहरुको उपस्थित रहेन डा- कनोडियाले बताए ।

यस्तो अवसर नेपालगन्जमा हुन लागेकाले धेरै भन्दा धेरै सहभागी भइ मौकाको फाइदा लिन अाग्रह गरिएको छ । साथै उहाँले फागुन ९ र १० गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृगौला रोगीहरुलाई चेकजाँच गर्ने र ११ गते शिक्षण अस्पताल नेपालगन्जमा उक्त छलफल तथा अन्तरक्रिया कार्यक्रम पछि बिरामीहरुलाई जाँच गरिने डा- कानोडियाले बताए ।