बिरही र थापाको अभिनयमा परदेशी रुवाउने गित बजारमा

सिर्जना वर्देवा,

ओखलढुङगा,जेठ,२५-
रामु बिरही र आकृति थापा मगरको अभिनयमा परदेशी रुवाउने गितको म्युजिक भिडियो सार्बजनिक भएको छ । नेपाली लोक सांगितीक बजारमा चिरपरिचित कलाकार बिरही र थापाको उत्कृष्ट अभिनयमा “परदेशीको कहि कतै घर हुदैन ” बोलको म्युजिक भिडियो बजारमा आएको हो ।

रत्न बुढाक्षेत्रिको उत्कृष्ट शव्द सिर्जनामा रहेको यस गितको लय बिरही स्वयमले गरेका छन् । क्षेत्रिको प्रस्तुति रहेको यस मार्मिक गितमा चर्चित गायक खुमन अधिकारी र पुुर्नकला बिसीको सुमधुर स्वर रहेको छ । झलक संगितमको एरेन्ज रहेको यस गितमा परदेशीको काहानीलाई देखाईएको छ ।

अभिनयमा बिरही र थापालाई दुर्गा भण्डारीले साथ दिएका छन् । स्वयम बिरहीको निर्देशन रहेको यस भिडियोको छांयाकन हरिश महराले गरेका छन् भने बिष्णु शर्माले भिडियोको सम्पादन गरेका छन् । साई भिजन प्रालीले दृष्य निर्माण गरेको यस म्युजिक भिडियो तथा अडियो लाई स्वयम बिरहीको म्युजिक कम्पनी साथीभाई डिजिटल म्युजिक प्रालीले बजार व्यबस्थापन गरेको छ ।