विश्वकप फुटबल हरेक दुई वर्षमा गर्ने फिफाको योजना

एजेन्सी,जेठ,९-विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप फुटबल हरेक दुई वर्षमा आयोजना गर्ने तयारी थालेको छ ।

फिफाले महिला र पुरुषको विश्वकप हरेक दुई वर्षमा आयोजना गर्नका लागि अध्ययन थालेको छ ।

साउदी अरेबियन फुटबल फेडेरेसनको प्रस्तावमा फिफाले विश्वकप दुई वर्षमा आयोजना गर्नका लागि अध्ययन थालेको हो ।

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले साउदीको प्रस्तावलाई स्पष्ट र विस्तृत प्रस्ताव भनेका छन् ।

पुरुष विश्वकप हरेक चार वर्षमा हुँदै आइरहेको छ । दोस्रो विश्व युद्दको कारण विश्वकप चार वर्षमा गरिदै आएको हो ।महिला विश्वकप भने सन् १९९१ बाटै हरेक चार वर्षमा हुँदै आईरहेको छ ।