नेपालले इराकविरुद्ध खेल्नु ठुलो अवसर हो:कप्तान किरण चेम्जोङ

फाईल तस्विर !!

इराक,जेठ,१४-राष्ट्रिय फुटबल टिम कप्तान किरण चेम्जोङले इराकविरुद्धको मैत्रीपूर्ण खेल नेपालका लागि ठुलो अवसर रहेको बताउनु भएको छ ।

बिहिबार साँझ इराकी सञ्चार माध्यमसंग कप्तान चेम्जोङले मैत्रीपूर्ण खेलका लागि आफुहरुले राम्रो अभ्यास गरेको बताउनुभयो ।

 

‘यो हाम्रो लागि ठुलो अवसर हो ।यसका लागि राम्रो अभ्यास गरेका छौं ।’ उहाँले सञ्चारकर्मी समक्ष बताउनुभयो ।

मैत्रीपूर्ण खेलका लागि नेपाली टिम बुधबार इराक पुगेको हो । फुटबल टिमले बिहिबार साँझ सामान्य अभ्यास गरेको थियो ।

विश्वकप छनोटको तयारीमा रहेको नेपालले शनिबार इराकसंग मैत्रीपूर्ण फुटबल म्याच खेल्दैछ ।

कप्तान चेम्जोङले आफुहरु खेलका लागि तयार रहेको समेत बताउनुभयो ।

इराकसंगको मैत्रीपूर्ण खेलले विश्वकप छनोटमा सहयोग गर्ने उल्लेख गर्दै किरणले प्राप्त नतिजाले ठुलो अर्थ राख्ने बताउनुभयो ।

‘पक्कैपनि खेलका लागि तयार छौं । यसले विश्वकप छनोटमा सहयोग गर्छ । यसले ठुलो अर्थ राख्छ ।’ “उहाँले भन्नुभयो”

नेपालले शनिबार स्थानीय समय अनुसार राति साढे ७ बजे इराकसंग मैत्रीपूर्ण फुटबल म्याच खेल्दैछ ।

यो पनि : 

नेपालले २० वर्षपछि इराकसंग अन्तराष्ट्रिय मैत्रीपुर्ण फुटबल खेल्दै