पाकिस्तान संग भारत पराजीत

पाकिस्तानले भारतलाई हरायोकाठमाडौं,भाद्र,२०-एसिया कप क्रिकेटको सुपर चार अन्तर्गतको खेलमा पाकिस्तानले भारतलाई हराएको छ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा आइतबार राति भएको रोमान्चक खेलमा पाकिस्तानले भारतलाई ५ विकेटले हराएको हो ।

भारतले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १९ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गर्यो।पाकिस्तानका लागि मोहमद रिजवानले ७१ रनको अर्धशतकीय इनिङ खेले ।

यस्तै मोहमद नवाजले ४२ रन जोड्दा फकर जमानले १५ रन बनाए । कप्तान बाबर आजम १४ रन बनाएर आउट भए।

आसिफ अलीले १६ रन जोडे भने खुस्दिल शाहले अविजित रहदै १४ रन बनाए ।

Ravi Bishnoi struck early sending back Babar Azam cheaply, India vs Pakistan, Asia Cup, Dubai, September 4, 2022

भारतका भुवनेश्वर कुमार, हार्दिक पाण्डय, अश्रदिप सिह, रबि बोस्नोई र युजभेन्द्र चाहलले १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो ।भारतका लागि विराट कोहलीले ६० रनको अर्धशतकीय इनिङ खेले ।

यस्तै कप्तान रोहित शर्मा र केएल राहुलले समान २८/२८ रन बनाए ।

दीपक होडा १६ तथा ऋषव पन्त १४ रनमा आउट हुँदा सूर्यकुमार यादवले १३ रन बनाए । हार्दिक पाण्डय सुन्य रनमा आउट भए ।

रबी बोस्नोई ८ रनमा अविजित रहदा भुवनेश्वर कुमार सुन्य रनमा अविजित रहे  ।खेलपाटीबाट

Iftikhar Ahmed hit the winning runs to give Pakistan a nail-biting win, India vs Pakistan, Asia Cup, Dubai, September 4, 2022

पाकिस्तानका शादब खानले २ विकेट लिए । निसम शाह, मोहमद हसनेन, हरिस राउफ र मोहमद नवाजले १/१ विकेट लिए ।

यस जितसँगै पाकिस्तानले भारतसँग समूह चरणमा व्यहोरेको हारको बदला लिएको छ ।

समूह चरणमा भारतले पाकिस्तानलाई ५ विकेटले हराएको थियो ।जितसँगै पाकिस्तानले सुपर चारमा २ अंक जोडेको छ ।