आजको राशिफल ।। भाद्र १९ गते आईतवार ।।

काठमाडौं,भाद्र,१९-आज विक्रम संवत २०७९ साल भाद्र महिनाको १९ गते आईतवार, (सेप्टेम्बर ४ तारिख) भाद्र शुक्ल नवमी तिथी !आज राधा जन्मोत्सव पनि रहेको छ ।

आज भाद्र १९ गते आईतवारको राशीफल !!

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशि हुनेहरुका लागि आजको दिन भनेको कुराको विपरीत अर्थ लाग्नसक्छ । स्वास्थ्यमा गडबडी भई कामकाजमा असर पर्नसक्छ । ठूलाबडाको आशीर्वादले भने काम बन्नसक्छ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

वृष राशिका हुनेहरुका लागि आजको दिन रोकिएका काम पुनः सुरु हुन सक्छन् । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । कतिपय राम्रा अवसरहरू प्राप्त हुनेछन् ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

मिथुन राशि हुनेहरुका लागि भने आजको दिन मन प्रसन्न रहने र महत्त्वाकाङ्क्षा बढ्नेछ । समाज सेवा, परोपकार र धर्मप्रति आस्था बढ्नेछ । नयाँ कार्यको थालनी समेत हुनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

कर्कट राशि हुनेहरुका लागि आजको दिन सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । नयाँ वस्त्र एवं अलङ्कारको प्राप्ति हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

सिंह राशि हुनेहरुका लागि आजको दिन मनमा उत्साह र उमङ्गको कमी देखिने छ, शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ, सचेत रहनु होला, वैदेशिक काम भने ठीक छ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

कन्या राशि हुनेहरुका लागी आजको दिन लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तुला राशि हुनेहरुका लागी भने आजको दिन व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक क्षेत्रको काम, व्यापार र नोकरी गर्नेका लागि सन्तोषजनक नै रहनेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

वृश्चिक राशि हुनेहरुका लागि आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । केही नयाँ कुरा खरीद गर्न पनि सकिनेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

धनु राशि हुनेहरुका लागि आजको दिन बेला बेलामा मनमा अशान्ति तथा चञ्चलता आउन सक्छ । परिवारका लागि धेरै समय दिन पाइने छैन र बजार घुम्ने अवसर भने मिल्नेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

मकर राशि हुनेहरुले भने आजको दिन छोटो दुरीको लाभदायक यात्रा हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुम्भ राशि हुनेहरुका लागि आजको दिन रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । मिहिनेत गर्दा अधिक प्रगति हुनेछ । आकस्मिक धन लाभ हुनेछ । तर अरुको भलाइका लागि दौडधुप गर्नु पर्नेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

मीन राशि हुनेहरुका लागि आजको दिन तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको समय छ।एउटै आर्थिक कारोबारमा सफलता पाइएला । केही नयाँ कुरा खरिदमा भने खर्च बढ्न सक्छ ।

यो त भयो आजको तपाईको राशिफल,तपाईको राशिफलमा जे जस्तो लेखिईएको भएता पनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोस्,सधैंव सकरात्मक सोच्नुहोस्, सतकर्म गर्नुहोस्,आजको तपाईंको दिन शुभ रहोस् ।साभार हाम्रो पात्रो-ज्यो.प. नारायणप्रसाद दुलाल