जिल्ला अन्तर विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता २०७४ को आज उद्घाटन हुने

पवन मुडभरी/

बौनिया कार्त्तीक,१५-
कैलालीको बर्दगोरिया गाउपालिकामा हुन गईरहेको जिल्ला अन्तर विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता २०७४ को बुधबार एक कार्यक्रमका विच कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक सिहँ द्रारा उद्घाटन हुने बताइयको छ ।

आज बुधबार हुने पहिलो खेल दुई बजे हुने तय भएको आयोजकले जानकारी दिएको छ । जगततारा ईङलिस बोर्डीङ स्कुलको आयोजनामा यही कार्तीक १५ गते देखि ३० गते सम्म राष्ट्रका लागी खेलकुद स्वास्थ्यका लागी खेलकुद भन्ने उद्देश्यका साथ सडकपुर बौनियामा जिल्ला विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता हुने भएको हो ।

प्रतियोगितामा जिल्लाका करीब १९टिमले सहभागी जनाएका छन । सहभागी टीमलाई ४ समुहमा विभाजन गरिएको छ ।स्थानिय स्तरमा रहेका प्रतिभावान खेलाडीलाई अन्तराष्ट्रिय स्तरमा चिनाउने उद्देश्य रहेको आयोजकले बताएको छ ।

मुडा खेल मैदानमा संचालन हुने प्रतियोगिताका पहिलो चरणका खेलहरु लिग र त्यसपछीका खेलहरु नक आउट सिस्टमको आधारमा संचालन हुने आयोजकले जनाएको छ ।