१० करोड बुझाएपछि मोतीलाल दुगड एमालेबाट सांसद बन्ने पक्का

काठमाडौं,कार्तिक,१५-

चर्चित उद्योगपति मोतिलाल दुगडले एमालेलाई ठूलै रकम बुझाएपछि समानुपातिक तर्फ सांसद बन्ने पक्का भएको छ । उनको नाम नेकपा एमालेले सिफारिस गरेको छ।दुगड एमालेको समानुपातिक सूचीको एक नम्बरमा परेका छन्।

उनलाई ठूलै रकम लिएर एमालेले सांसदमा बनाउन सिफारिश गरेको स्रोतको दाबी छ । दुगडको सेन्चुरी मसला लगायतका मसला उद्योग तथा पोलिमर उद्योग र होटल क्षेत्रमा समेत लगानी छ। बिगतदेखि राजनीतिमा नै सक्रिय रहेको बताउदै दुगडले उद्योगी व्यवसायीको हितका लागि एमालेबाट राजनीतिमा सक्रिय हुने बताउनुभयो ।

२०६४ सालको निर्वाचनमा नेपाल सद्भावना आनन्दिदेवीबाट समानुपातिक सांसद भएका दुगडले यो पटक सांसद बन्नको लागि दश करोड रुपैयाँ बुझाएको खुलासा भएको छ । हुन त यसअघि पनि उनको बिज्ञापन काण्ड निकै चर्चामा थियो। उनले नयाँ पार्टी खोल्ने भन्दै पदनै तोकेर पत्रपत्रिकामा बिज्ञापन गरेका थिए।

२०७० को निर्वाचनमा नसोचेको हार बेहोरेपछि दुगडले पछि उक्त पार्टी एमालेमा बिलय गराएका थिए। त्यो बेला दुगडको पार्टीबाट उठेका २२ जना उम्मेदवारले मात्र १३९८ मत ल्याएको थियो। साभार : रिपोर्टर्स नेपालबाट