व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्वन्धी जनचेतना अभिबृद्दि कार्यक्रम सम्पन्न

नेपालगन्ज,फाल्गुन,३०-
श्रम तथा रोजगार कार्यालय नेपालगन्ज बाँकेको अायोजनामा अाज नेपालगन्जको न्यु ईन्द्रेणी होटल न्यु रोडमा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्वन्धी स्थानीय स्तरमा जनचेतना अभिबृद्दि कार्यक्रम सम्पन्न भएको छ ।

श्रम तथा रोजगार कार्यालय बाँके नेपालगन्जका कारखाना प्रमुख हरिशरण चौलागाईंको अध्यक्षता , अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश नं ५ का संयोजक दान बहादुर वलीको बिशिस्ट आतिथ्य रहेको थियो।

त्यसैगरी नेपाल ट्रेड युनियन महासंघ जिफन्ट प्रदेश नं ५ का सचिवालय सदस्य पूर्ण के-सी, नेपाल ट्रेड युनियन कांग्रेस बाँकेका सभापति राम बहादुर मल्ल बिशिष्ट अतिथिमा रहनु भएको थियो।

अतिथिहरुमा नेपाल ट्रेड युनियन महासंघ जिफन्ट बाँके संयोजक टि-एन-रावत, जिफन्ट अो-एस-एच- कमिटी केन्द्रीय सदस्य सुमन गिरी, लर्ड बुद्ध एजुकेशन एकेडेमी लि- प्रतिष्ठान स्तरको जिफन्टका अध्यक्ष मुनिर खान, कर्मचारी संघका सभापति यम बहादुर खड्का, कर्मचारी संगठन नेपालगन्ज मेडिकल कलेजका बिभागीय अध्यक्ष अशोक कुमार दीक्षित लगायतका विभिन्न संघ /संगठन, प्रतिष्ठान स्तरमा काम गर्ने कामदार कर्मचारीहरु, ट्रेड युनियनसंग अावद्द नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम सञ्चालन श्रम तथा रोजगार कार्यालयका नायव सुब्बा धर्मराज डाँगीले गरेका थिए । उक्त कार्यक्रममा जिफन्ट नेता पुर्ण के-सी-, नेपाल ट्रेड युनियन कांग्रेस बाँकेका सचिव तोजिन्द्र बहादुर बि-क- , लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- कर्मचारी संगठनका बरिष्ठ उपसभापति मुस्लिम खान, अखिल नेपाल ट्रेड युनियन महांसघ बाँके ईन्चार्ज बद्रिप्रसाद जोसीले सुरक्षा तथा स्वास्थ्य सम्वन्धी कार्यपत्र प्रस्तुति गरेका थिए ।

साथै उक्त कार्यक्रममा अखिल नेपाल ट्रेड यूनियन महासंघ प्रदेश नम्बर ५ का संयोजक दान बहादुर वली, जिफन्ट नेता पुर्ण केसी र ट्रेड यूनियन कांग्रेस बाँकेका सचिव तोजीन्द्र बहादुर बिकले पनि मन्तव्य राखेका थिए।

उक्त कार्यक्रममा श्रम तथा रोजगार कार्यालय बाँकेका कारखाना निरीक्षक हरिशरण चौलागाईंले कार्यपत्र प्रस्तुत गरी कार्यक्रम समापन गरेका थिए ।