पाल्पालीको रोईला गित ‘बाहिर देख्दा दाई बहिनी’ सार्वजनिक

नेपालगन्ज,फाल्गुन,२९-
लोक तथा दोहोरी गायिका निरुता सिहं पाल्पालीको आवाजमा सजिएको नयाँ ठ्ट्यौली रोइला गित ‘बाहिर हेर्दा दाई बहिनी’ सार्वजनिक भएको छ ।

लोक तथा दोहोरी गायक तथा सर्जक पुरुषोत्तम गैरेको लय शव्द र स्वर रहेको रोइला गितलाई पाल्पामा छायांकन गरीएको छ । शुभतारा म्युजिक प्रालिको प्रस्तुतिमा सागर न्यौपाने र दिपेश न्यौपानेको ठट्यौली रोइला गितमा बाहिर मात्र हेर्दा दाई बहिनी तर भित्र नाता अर्कै हुने गरी प्रस्तुत गरीएको छ ।

गितमा विनोद बाजुरालीको संगित सम्योजन रहेको छ । गितमा पाल्पाको सस्कृतिलाई जस्ताको त्यस्तै प्रस्तुत गरीएको गायिका निरुता गैरेले बताइन ।