भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरमा

आजै मोदीले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतसँग उच्चस्तरीय भेटवार्ता गर्ने

जनकपुर,बैशाख,२८-

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरमा आइपुग्नु भएको छ । विहान सवा १० बजे जनकपुर आउने कार्यक्रम तय भए पनि आधा घण्टन ढिलो जनपुरमा ओर्लिनु भएको हो ।उहाँ हेलिकोप्टरबाट एयर इन्डियाको विमानबाट  जनकपुर आइपुग्नु भएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरमा

जनकपुर विमानस्थलमा उत्रिनु भएका मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेल, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलगायतले स्वागत गर्नु भएको थियो ।नागरिक अभिनन्दनपछि मोदी आजै दिउँसो १ बजे काठमाडौं आउने तय भएको छ ।

मोदीलाई बस्ने व्यवस्था चुच्चेपाटीस्थित होटल हायातमा मिलाइएको छ । त्यसैले उहाँ एयरपोर्टबाट सीधै होटल हायात पुग्नुहुनेछ ।होटलमा केहीबेर आराम गरेपछि मोदी सैनिक मञ्च टुँडिखेल जाने र त्यहाँ नेपाली सेनाले सम्मानगारत अर्पण गर्ने कार्यक्रम रहेको छ ।

आजै मोदीले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतसँग उच्चस्तरीय भेटवार्ता गर्नुहुने बताईएको छ ।प्रधानमन्त्री बनेपछि उहाँको यो तेस्रो नेपाल भ्रमण हो । मोदीको यो पटकको भ्रमण धार्मिकस्थलबाट सुरु हुँदैछ।

उहाँ जनकपुर आएलगतै विशेष विधिबाट पूजाका लागि अहिले केहीबेरमा जानकी मन्दिरमा पूजा गर्ने कार्यक्रम छ भने जनकपुर उपमहानगरपालिकाले नागरिक अभिनन्दन गर्दैछ ।उहाँले जनकपुरमा अढाई घण्टा बिताउने बताईएको छ ।