थप १ हजार ५६ जनामा कोरोना पुष्टि,१४ सय ८३ निको भए

काठमाडौं,मंसिर,२४-नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ६ हजार २८६ पीसीआर परीक्षण गर्दा जनामा कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १२ हजार २४५ रहेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ४८३ जना कोरोना संक्रमित निको भएका छन्।योसँगै निको कहुने कूल संक्रमितको संख्या २ लाख ३० हजार ५३७ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १४ जना कोरोना संक्रमितको निधन भएको छ।योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ६५१ पुगेको छ।