कञ्चनपुरका मतदान केन्द्रमा साढे २ हजार कर्मचारी परिचालन हुदै

इन्द्र कार्की
/ महेन्द्रनगर,१५,मंसिर      अगामी मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि कञ्चनपुरमा २ हजार ५ सय ६० जना कर्मचारी परिचालन गरिने मुख्य निर्वाचन अधिकृत राजेन्द्र कुमार आचार्यले जानकारी दिए । आज (शुक्रवार) देखि कञ्चनपुरका मतदान केन्द्रमा कर्मचारीहरुको खटनपटन सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालय कञ्चनपुरले जनाएको छ । कञ्चनपुरमा ३ सय २० मतदान केन्द्र रहेका छन् । प्रत्येक मतदान केन्द्रमा १ जना मतदान अधिकृत, १ जना सहायक मतदान अधिकृत, ४ जना सहायक कर्मचारी र २ जना कार्यालय सहयोगी गरि सुरक्षाकर्मि वाहेक ८ जना कर्मचारी परिचालन गरिने आचार्यले वताए । बुधवार गोला प्रथा द्धारा निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृतको कार्यक्षेत्र विभाजन गरिएको मुख्य निर्वाचन अधिकृत ले वताए । जिल्ला प्रहरी कार्यालयले निर्वाचनका लागि सुरक्षाकर्मि व्यवस्थापन गरिएको जनाएको छ । सुरक्षालाई मध्यनजर गरि मतदान केन्द्रहरुलाई अति संवेदनशील, संवेदनशील र समान्य गरि विभाजन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार अति संवेदनशीलमा ६६ ,संवेदनशीलमा २६ र सामान्यमा ४० मतदान केन्द्र रहेका छन् । निर्वाचन सुरक्षाको लागि मंसिर २० गते विहान ५ वजे देखि २१ गते वेलुका ५ वजे सम्मका लागि नेपाल भारत सिमामा आवतजावत वन्द हुने , सो अवधिमा आकस्मिक सेवाका एम्वुलेन्स बाहेक अन्य सम्पुर्ण आवागमनमा पुर्ण रोक लगाइने कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ज्ञान वहादुर सेटीले वताए ।