रोल्पामा हराएकामध्ये अधिकांश सम्पर्कविहिन

रोल्पा, पुस ५-रोल्पामा गत साउनदेखि हालसम्म ३७ जना व्यक्ति हराई परिवारको सम्पर्कमा नरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । यसरी हराउनेमा एकै परिवारका चार जनासम्म रहेको जिल्ला प्रहरी कार्यालयको महिला सेलकी इन्चार्ज दीलकुमारी बुढाले बताउनुभयो । सानै उमेरमा ललाइफकाइ इँटाभट्टामा लैजाने, श्रीमान्ले मादकपदार्थ सेवन गरी कुटपिट गर्ने तथा भागेर विवाह गरी परिवारलाई जानकारी नदिएका कारण पनि हराएको तथ्याङ्क बढी देखिएको इन्चार्ज बुढामगरले बताउनुभयो ।

हराउने मध्ये अधिकांश आर्थिक अवस्था कमजोर रहेका तथा जिल्लाको सीमा क्षेत्र पाखापानी, सखी, मसिना, जिनावाङ, मिरुललगायत गाविसको रहेको बताइएको छ ।हराएकामध्ये २० पुरुष र १७ जना महिला रहेको तथा अधिकांश २० वर्ष माथिका रहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ । हराएकाको खोजी कार्य तीव्र पारिएको भए पनि हालसम्म पाँच जना मात्र फेला परेको प्रहरीले जनाएको छ । त्यसरी भेटिएकामध्ये चार बालबालिका र एक महिला रहेका छन् । अघिल्लो वर्ष जिल्लाबाट ८० जना हराएकोमा हालसम्म उनीहरुको अवस्था थाहा हुन अmझै सकेको छैन ।