नेपालमा थप ५३ संक्रमित, ७७ जना संक्रमणमुक्त

काठमाडौं,चैत,१-नेपालमा पछिल्लो २४ घण्टामा ५३ जना कोरोना संक्रमित थपिएका छन् ।यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार २ सय ३१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा जम्मा २ हजार ६ सय १५ पीसीआर परिक्षण भएको हो ।पछिल्लो २४ घण्टामा ७७ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।

हाल नेपालमा संक्रमणमुक्त हुनेहरुको संख्या २ लाख ७१ हजार ३ सय २६ पुगेको छ ।पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु नभएको स्वस्थ्य मन्त्रालयले जनाएको छ ।नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ३ हजार १४ पुगेको छ ।