रामचन्द्र पौडेल राष्ट्रपति भएपछि तनहुँ १ रिक्त, उपनिर्वाचन हुने

युवा नेता गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने काँग्रेसको तयारी

काठमाडौं,फाल्गुन,२६-नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा विजयी भएपछि उहाँको क्षेत्र रिक्त भएको छ ।

नेकपा एमाले उम्मेदवार सुवास नेम्वाङलाई राष्ट्रपति पदमा पराजित गरेपछि पौडेलले गत मंसिर ५ मा भएको प्रतिनिधिसभामा निर्वाचनमा जितेको तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन गर्नुपर्ने हुन्छ।

गएको मंसिरमा सम्पन्न निर्वाचनमा पौडेल २५ हजार ३१८ मत ल्याएर विजयी भएको थियो।उहाँले एमालेका एकबहादुर रानालाई करिब ६ हजार मतान्तरले पराजित गर्नु भएको थिय।रानाले १९ हजार ९४३ मत पाउनु भएको थियो। 

तनहुँ १ बाट कांग्रेसले युवा नेता गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।