प्रधानमन्त्रीमा दुवै दाबी कीर्ते हुन्,खारेज गरी निर्वाचन होस् : कमल थापा

काठमाडौं,जेठ,७-राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीमा परेका दुवै दाबी किर्ते भएको भन्दै खारेज गर्न माग गर्नुभएको छ।

सामाजिक सञ्जालमार्फत थापाले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको दाबीमा विश्वासको मत प्राप्त गर्ने आधार नरहेको बताउनुभयो।उहाँले दुवै दाबी जाली र किर्ते  भएको भन्दै खारेज गरी संविधान बमोजिम चुनाव घोषणा गर्न भन्नुभएको छ।

‘दुवै जाली/किर्ते हुन्, दुवै खारेज गरी संविधान बमोजिम चुनाव घोषणा होस्’, थापाले लेखेका छन्, यिनीहरुले संघीय गणतन्त्रलाई गाईजात्रामा परिणत गरे, लोकतन्त्रको नाममा ब्रम्हलुट गरे, अब जनतालाई विकल्प खोज्ने अवसर दिनुपर्छ।’

ओलीले १ सय ५३ सांसदको समर्थन आफूलाई रहेको दाबी पेश गरेका छन् भने देउवाले १ सय ४९ जनाको हस्ताक्षरसहित दाबी गरेका छन्। संसदमा २७१ सांसद रहे पनि दुवैको दाबी जोड्दा नै सांसद संख्या ३ सय २ पुगेको छ।