नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन

काठमाडौं,असार,१७-नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ।उहाॅंको बुधबार बिहान गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र काठमाडौंमा निधन भएको नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ का सभापति द्रोण कुँवरले जानकारी दिनुभयो ।

६६ वर्षीया छन्त्याल मुट सम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो।बाग्लुङको तमानखोला गाउँपालिका वडा नं. ५ खुंखानीमा जन्मिएकी र बाग्लुङको ढोरपाटन नगरपालिका– १ बुर्तिबाङमा बसोबास बसोबास गर्दै आएकी छन्त्याल हाल प्रतिनिधिसभामा समानुपातिक सांसद हुनुहुन्थ्यो।

उहाॅं २०७० सालको संविधानसभामा पनि सभासद हुनुभएको थियो ।उहाॅंको बुधबार दिउँसो १ बजे पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ का सभापति कुँवरले जानकारी दिनुभयो।