नेपालमा थप ४८२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४ हजार ४६ पुग्यो

४,६५६ जना निको भए, ९,३६० जनाको उपचार हुॅंदै,३० जनाको मृत्यु

काठमाडौं,असार,१७-नेपालमा पछिल्लो २४ घण्टामा थप ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बुधबार स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८२ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताउनुभयो ।

आज संक्रमित हुनेमा ११७ जना महिला र ३६५ पुरुष रहेका छन्।यो सँगै नेपालमा कुल संक्रमितको संख्या १४ हजार ४६ जना पुगेको छ । तीमध्ये ४,६५६ जना निको भएका छन् भने ३० जनाको मृत्यु भईसकेको छ ।

अहिलेसम्म प्रदेश नं ५ र प्रदेश नं २ मा कोभिड-१९ भएका व्यक्तिको सङ्ख्या सर्वाधिक रहेको छ । अहिले आइसोलेशनमा ९,३६० जना सङ्क्रमितको उपचार भैरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।