चुन ढुंगा उत्खनन बन्द गर्न युवा मञ्चको वैठक

जंंग रेउले
घोराही,पुस १० -दाङको लुहारपानी गाविस वडा नं.९ बचेनीमा संघर्षशिल युवा मञ्चको बैठक बसेको छ । मञ्चको शनीबार वसेको वैठकमा खमारी र बचेनी बिचमा रहेको चुन ढुंगा खानी बन्द गर्न निर्णय गरेको हो । गाउँका केही जान्ने बुझ्ने व्यक्तिले आफू खुसी सहमती गरेर खानी उत्खनन गर्न सहमती गरेको भन्दै उक्त कार्य तत्काल बन्द गराउँने निर्णय लिएको हो । युवा मञ्चका अध्यक्ष प्रेम बुढाको अध्यक्षता एवं् संघर्षशिल युवा मञ्चका संरक्षक तथा अखिल  क्रान्तिकारी) दाङ जिल्लाको सचिव मदन के.सी.को विशेष उपस्थितिमा शणिबार बचेनीमा बसेको  वैठकले विभिन्ननिर्णहरु तय गरेको हो  ।

बैठकमा सिमेन्ट कारखाना खोल्नको लागि खमारी र बचेनी बिच रहेको चुन ढुंगा उत्खनन विषयमा सर्वपक्षिय भेला २०७३ पुस १६ गते गर्ने तथा भेलामा सम्पूर्ण वडाबासीलाई उपस्थिति गराउँने, उद्योग तथा सम्बन्धित निकायहरुलाईउत्खनन तत्काल बन्द गर्न लिखित पत्र लेख्ने यदि नियमविपरीत गरेमा त्यसबाट निस्कने परिणाम सम्बन्धित निकायले नै जिम्मा लिनु पर्ने र युवा मञ्चले समाज रुपान्तरणको लागि प्रत्येक वडास्तरीयमा जनचेतनामूलक कार्यक्रम गर्ने निर्णय भएको थियो ।

वैठकमा युवा मञ्चका सचिब अर्जुन केसी,युवा मञ्चका कोषाध्यक्ष पोस्तक बुढा, होताराम महरा, हुकुम केसी,अम्मर बहादुर बुढा, युवा मञ्चका सल्लाकार सुसिल परियार, चेत बहादुर डाँगी, वडा नागरिक मञ्चका संयोजक विष्णु महरा, जनकल्यान सामूदाय वन समूहका उपाध्यक्ष भोजराज वली, जनकल्यान सामूदाय वन समूहका कोषाध्यक्ष लोक बहादुर खत्री,जनकल्यान सामूदाय वन समूहका लेखा समितिका सदस्य रेश्मा बुढा र सल्लाकार सदस्य ऋषीराम वली, सिद्धबाबा सामुदायिक वन सदस्य इन्द्र बहादुर खत्री  लगाएको उपस्थिति रहेका थिए ।