वाणिज्य कार्यालय नेपालगन्जमा साढे दुई वर्षदेखि प्रमुखविहीन

बाँके,पुस १०-बाणिज्य कार्यालय नेपालगन्ज साढे दुई वर्षदेखि प्रमुखविहीन छ । कार्यालय प्रमुखविहीन हुँदा उपभोक्ता हित संरक्षण ऐन अन्तरगत् मुद्दा चलाउन नसकिएको निमित्त प्रमुख सुनिल खनालले वताउनुभयो ।  खनाललाई तीन महिनाको लागि काजमा दुई महिना अघि सरकारले नेपालगन्ज बाणिज्यमा खटाएको थियो । उपभोक्ताको हकहितमा प्रतिकुल असर पु¥याए उपभोक्ता हित संरक्षण ऐन अन्तरगत् मुद्दा चलाइने गरिन्छ ।

दुई बर्षअघि सामान्य प्रशासन मन्त्रालयले नेपालगञ्जसहित कैलाली, भैरहवा, बीरगञ्ज र विराटनगर गरी पाँच वटा बाणिज्य कार्यालयमा उपसचिवस्तरको दरबन्दी सिर्जना गरेको थियो । बाणिज्य कार्यालयमा उपसचिव सहित दुई वटा शाखा अधिकृतको दरवन्दी पनि रिक्त छ । शाखा अधिकृत पूर्णचन्द्र घिमिरे बैशाख १८ गते सेवा निवृत्त भएपछि दुई वटा शाखा अधिकृतको दरवन्दी रिक्त भएको हो । अर्का शाखा अधिकृत गोविन्द पाण्डेको दुई वर्ष अघि नै सरुवा भइसकेको छ ।