शर्मिला गुरुङको स्वरमा अहिले सम्मकै फरक गीत “परदेशीको स्वास्नी” भिडियो सहित

फाईल तस्विर !!

काठमाण्डौं,कार्त्तीक ४-अविरल फिल्म्सको बजार व्यवस्थापन तथा दृश्य निर्माणमा दया गुरुको“परदेशीको स्वास्नी”सोमबार मात्रै सार्बजनिक भएको छ।

बजारमा सार्बजनिक गीतहरु भन्दा फरक बिसय बस्तु बोकेको गीतमा हेमराज नेपालीको लय शब्द रहेको छ भने सर्मिला गुरुङ र हेमराज नेपालीकै स्वर रहेको छ।

बिनोद बाजुरालीको एरेन्ज रहेको गीतको भिडियो बिष्णु भट्टराईले निर्देशन छायांकन तथा सम्पादन गरेका छन्।

भिडियोमा हाम्रै समाजमा देखिएको बास्तबिक घटनालाइ चित्रण गरिएको छ,भने बिदेशी भूमिमा रगत पसिना बगाएर काम गर्ने श्रीमान को श्रीमती यता अर्कै संग पल्किए पछि निम्तिने दुर्घटनालाई दर्दनाक रुपमा प्रस्तुत गरिएको छ।

दया गुरु, बिना राना, किशु गुरुङ, अर्जुन , कृष्ण लगाएतका कलाकारको अभिनय रहेको भिडियोमा सगुन शर्मा र सिमा भुसालले श्रीन्गार गरेको छन्।

(गीतको भिडीयो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस )