मध्ये र सुदुरका बजारलाई लक्षीत गर्दै नेपालगंजमा पैंचो पसल सञ्चालनमा

मधुपौडेल,

बाँके,फाल्गुन १७- मध्ये र सुदुर पश्चिमका वजारमा पैचो पसलको प्रवेश सगै यहाका उपभोक्ताहरुले पैचो पसल प्रालीले उत्पादन गरेका विभिन्न उत्पादनहरुको उपभोग गर्न पाउने भएका छन । शहरमा बसोवास गदै आएकाहरुले गाँउ वस्तीको परिकार भुल्न नसकेका उपभोक्ताहरुलाई गाउँघरको उत्पादन त्यसमा पनि पहाडी र उच्च पहाडि क्षेत्रमा उत्पादन भएका कृषि उत्पादनहरुको बजारिकरण गर्ने उदेश्यले स्थापित पैचो पसल प्रालीले राजधानी पछि नेपालगंजमा आफ्नो उत्पादनको उद्घाटन गरेको छ ।

पैचोले पश्चिम नेपालका गुल्मी ,पाल्पा  ,अर्घाखाची सहित स्याङजा ,रोल्पा ,रुकुमका हजारौ किसान र उपभोक्ताहरु आफले उत्पादीत सेवाबाट लाभाविन्त भएको दावी गरेको छ । बसे पनि शहर गाँउकै खाने रहर भन्ने मुल मन्त्रलाई आत्मासाथ गदै साढे दुई वर्ष पहिले गुल्मीको बलेटक्सार गाउँबाट सुरु गरिएका पैचो पसल लि. ले आफु सिधै किसानसँग जोडिएर कृषिमा आधारित संचालन गरिएको पैचो नै नेपालको पहिलो उद्योग रहेको जनाएको छ ।

मध्ये र सुदुरका बजारलाई लक्षीत गर्दै नेपालगंजमा पैंचो पसल सञ्चालनमाउपयुक्त बजारको अभावमा खेर गैरहेका गाँउका उत्पादनहरुलाई बजारको पहुचसम्म पु¥याउने मुख्य उदेश्यका साथ खोलिएको पैचो पसलले विगत एक वर्षंदेखि गुल्मीको रिडिमा पैचो प्रशोधन उद्योग स्थापना गरेर स्थानिय उत्पादनलाई प्रशोधन गर्न सुरु गरेको थियो । स्थापनकालदेखी नै हाते प्रविधि प्रयोग गरेर अचार , चुक ,दाल लगायतका खाद्य वस्तुको परिक्षण उत्पादन गरी बुटवलमा विक्रि गदैआएको पैचो पसलले गत बैशाखदेखी अत्याधुनिक प्रशोधनकारखाना मार्फत २३ प्रकारका खाद्य वस्तु उत्पादन गदैआएको आयोजकले जनाएको छ ।

पैचोले अहिले आठ पैचो अचार, पैचो होल क्यान कर्न, पैचो आटो, पैचो कोदोको पिठो ,पैचो टोमेटो केचअप , पैचो जाम, हट एण्ड स्विट सस, मेक्सीकन सस, विभिन्न प्रकारका जुुसहरु ,परम्परामा सीमित सिन्की मस्यौरा जस्ता उत्पादनहरु आफै उत्पादन गरी वजारमा ल्याएको र जुम्लाका सिमी ,पहाडी जिल्लाका मकैको आटो , जस्ता पहाडी तथा उच्च पहाडि जिल्लाका खाद्य वस्तुहरु प्याकेजिङ गरी बजारमा ल्याएको   आयोजकले जनाएको छ ।