वाम एकता सत्ता प्राप्तिका लागि मात्र हाेः महत

काठमाडौं,असोज,१९-

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा प्रकाशशरण महतले नेकपा (एमाले), माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीचको एकता सत्ता प्राप्तिका लागि मात्र भएको बताउनुभएको छ ।

आज भक्तपुर आयोजीत एक कार्यक्रममा उहाँले राजनीतिमा एमाले सबैतिरबाट एक्लिँदै गएपछिे अध्यक्ष ओलीले गठबन्धन र एकताको नाममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र र नयाँ शक्तिका संयोजक बाबुराम भटराईलाई फसाएको आरोप लगाउनुभयो ।

वाम एकताले आत्तिनु पर्ने अवस्था नआएको र यसबाट काँग्रेस विचलित नहुने उहाँको भनाइ छ । उहाँले वर्तमान सरकारले नै मंसिरको निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गरेर संविधान कार्यान्वयनलाई पूर्णता दिने बताउनुभयो ।