विद्यालयको बार्षिकोत्सवमा रक्तदान

रोशन घर्ती
घोराही, फागुन, ११-ज्यानज्योति एजुकेशनल एकेडमी घोराही ७ सेवारको सातौं बार्षिकोत्सवको अवसरमा रक्तदान गरिएको छ । सो अवसरमा नौ जनाले रक्तदान गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष टिकाप्रसाद गिरीको अध्यक्षता एवं रक्त सञ्चार सेवा केन्द्रका प्राविधिक ठाकुर पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा रक्तदान गरिएको हो ।

कार्यक्रम सञ्चालन मधु नेपालीले गर्नुभएको थियो । सो अवसरमा भाइस प्रिन्सिपल लक्ष्मीप्रसाद बुढा, शिक्षक सन्तोष सुनार, शिक्षिकाहरु रञ्जु श्रेष्ठ चन्द, सुशीला महरा, मीना बुढा क्षेत्री, शेयर सदस्यहरु नेत्रबहादुर ओली, प्रेम बुढा, रविलाल घर्ती मगर र भीष्म कार्कीले रक्तदान गर्नुभएको थियो ।