निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ: गृहमन्त्री निधि

काठमाण्डौं,फागुन, १२-उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले स्थानीय निर्वाचनमा मधेशी मोर्चाले पनि भाग लिने विश्वास व्यक्त गर्नु भएको छ ।  उपप्रधानमन्त्री निधिले निर्वाचन तोकिएको समयमा सम्पन्न हुने पनि स्पष्ट पार्नुभयो ।

आज भक्तपुरस्थित पाईलट बाबा आश्रममा पुग्नु भएको उहाँले स्थानीय संचारकर्मीसँग कुरा गर्दै संविधान संशोधन गरी मधेशको माग सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको पनि उल्लेख गर्नुभयो ।

उहाँले मधेशको माग सम्बोधन गरेर निर्वाचन सफल बनाउन एमाले पनि तयार हुनुपर्ने आवश्यक्ता पनि औंल्याउनुभयो । उपप्रधानमन्त्री निधिले निर्वाचन गराउन निर्वाचन आयोग प्रतिवद्ध भएर लागि परेको पनि स्मरण गराउनुभयो ।