भोज खाँदा एउटै गाउँका ३५ भन्दा बढी बिरामी

झापा,जेठ,२४-
झापाको शिवसताक्षीमा एक घरमा भोज खाँदा एउटै गाउँका ३५ बढी बिरामी परेका छन्। शिवसताक्षी नगरपालिका– १० माइधारका नेत्र दाहालको घरमा भोज खान गएका ३५ जना भन्दा बढी निम्तालु बिरामी परेका हुन्। हिजो दिउँसोदेखी राति अबेरसम्म भोज खाएका उनीहरु आज बिहानदेखि बिरामी परेका हुन्। सबै बिरामीको दमकस्थित आम्दा अस्पतालमा उपचार भइरहेको छ। अहिलेसम्म पनि बिरामी थपिने क्रम जारी रहेको अस्पताल प्रशासनले जनाएको छ।
भोज खाएर बिरामी परेका ३२ वर्षिय स्थानीय विजय राईले भोजमा मासु, पुलाउ, काँक्रा लगायतका खानेकुरा खाएको बताए। उनले भोज खाएर सुतेपछि रातिदेखि नै एकाध मानिसहरुमा पखाला लाग्ने, टाउको दुख्ने, ज्वरो आउने, रिंगटा लाग्ने जस्ता लक्षण देखिएको बताए। भोज दिने घरधनी नेत्र दाहाल पनि अस्पतालमै उपचारका क्रममा छन्। उनले रातिदेखि नै बिरामी परेको बताए। ुनयाँ घर बनाएर सर्दा छिमेकीहरुसंग खुशीयाली साटासाट गर्दा यस्तो भयो,ु उनले भने।


भोज खाएर विरामी पर्नेहरुमा कतिपय बालबालिका र बृद्धबृद्धा समेत छन् । स्थानीय काजीमान लावतीका अनुसार बिरामी पर्नेहरुमा घर धनी दाहाल, उनकी श्रीमती बुद्धिमाया राई ९ दाहाल०, सासु सोममाया राईसहित स्थानीय पूर्णकुमार लिम्बु, कवितमाया लावती, सञ्जय लिम्बु, आकृति लिम्बु, तिलक कुँवर, आशबहादुर लिम्बु, प्रेमबहादुर लिम्बु, बुद्धवती लिम्बु, सुकमाया लिम्बु, सरस्वती लिम्बु, पूर्णिमा राई, विर्खनारायण लिम्बु, नितेश लिम्बु, निर्जल लिम्बु, गणेश बहादुर मादेन, हरीमाया मादेन, माइतीमाया लिम्बु, बुद्धवीर लिम्बु, अमरबहादुर थापा, प्रेम कुँवर, समिर कुँवर , सुकबहादुर लिम्बु, धनबहादुर थापा, प्रतिक राई, सञ्जु लिम्बु ९ राई०, मानबहादुर लिम्बु, निशानकुमारी राई, अनिता श्रेष्ठ, सोनु लिम्बु, कृति लिम्बु, समर राई लगायत छन्। दिलकुमार लिम्बु, माइतबहादुर साँवा, सोनु लिम्बु लगायत अरु ६ जना पनि गाउँमा बिरामी परेको जानकारी आएकोले उपचारका लागि उनीहरुलाई अस्पतालतर्फ ल्याउने क्रम जारी रहेको स्थानीयबासीले बताएका छन्। बिरामी सबैको प्रारम्भिक स्वास्थ्य जाँच भइरहेकाले उनीहरुको स्वास्थ्यमा परेको असरका बारेमा विस्तृत विवरण रिपोर्टपछि मात्रै थाहा हुने उपचारमा संलग्न आम्दा अस्पतालका चिकित्सक चन्द्र शाहाले बताए।‘सबैको किड्नी ९मृगौला०सहित आवश्यक सबै जाँच भईरहेको छ, प्रारम्भिक चरणमा कसैको पनि खतरापूर्ण नभए पनि समयमा उपचार नपाए खतरा हुन सक्छ,’ उनले भने।

अस्पतालमा बेड अभाव

बुधबार साँझ एकैसाथ ठूलो संख्यामा अस्पतालको आकस्मिक कक्षमा बिरामीको भीड लागेपछिअस्पतालमा बेडको अभाव भयो। वेड अभावमा कतिपयलाई वेइटिङ बेन्च, कुर्सीहरु र भुइँमै राखेर पनि औषधि उपचारको प्रकृया अघि बढाइएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ड डा। नविन ढकालले जानकारी दिए।
थाहाखबरबाट