
काठमाण्डौं,मंसिर,१३-नेपालमा जारी दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार साँझ भएको खेलमा काठमाडौंले कर्णाली याक्सलाई ५ विकेटले पराजित गरेको हो।कर्णालीले दिएको १ सय ५० रनको लक्ष्य काठमाडौंले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको छ।
काठमाडौंको जितमा विदेशी ब्याटरले संयमित ब्याटिङ गरेका थिए।जेरार्ड एरास्मस र जोन सिम्पसोनले ८६ रनको उत्कृष्ट साझेदारी गर्दै काठमाडौंलाई जितको बाटो देखाएका हुन् ।
जोन ४१ रनमा आउट हुँदा जेरार्ड ४३ रनमा अविजित रहेका थिए।वेन चाल्र्सवर्थ ३४, मिलिन्द कुमार १५, आकाश त्रिपाठी ८ र रसिद खान ० रनमा आउट भएका थिए।बलिङमा कर्णालीका नन्दन यादवले ३ र पवन सर्राफले एक विकेट
काठमाडौं,मंसिर१३-नेपालमा जारी दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार साँझ भएको खेलमा काठमाडौंले कर्णाली याक्सलाई ५ विकेटले पराजित गरेको हो।कर्णालीले दिएको १ सय ५० रनको लक्ष्य काठमाडौंले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको छ।
काठमाडौंको जितमा विदेशी ब्याटरले संयमित ब्याटिङ गरेका थिए।जेरार्ड एरास्मस र जोन सिम्पसोनले ८६ रनको उत्कृष्ट साझेदारी गर्दै काठमाडौंलाई जितको बाटो देखाएका हुन् ।
जोन ४१ रनमा आउट हुँदा जेरार्ड ४३ रनमा अविजित रहेका थिए।वेन चाल्र्सवर्थ ३४, मिलिन्द कुमार १५, आकाश त्रिपाठी ८ र रसिद खान ० रनमा आउट भएका थिए।बलिङमा कर्णालीका नन्दन यादवले ३ र पवन सर्राफले एक विकेट लिएका हुन्।
योसँगै एनपीएलमा काठमाडौंले ६ खेलमा चौथो जित दर्ता गरेको छ। कर्णालीले भने चौथो हार बेहोरेको हो। ५ खेलमा कर्णालीले एक मात्र जित निकालेको छ।





