सरकारी नौकरीबाट राजिनाम दिएर उप–प्रमुखमा उम्मेदवार,अधिकांस शिक्षक पेशाबाट

रमित बि.क.

बाजुरा जेठ,२२-

बाजुराका विभिन्न सरकारी सेवामा कार्यरत कर्मचारीेहरुले राजीनामा दिदै राजनितिमा होमीएका छन् । २० वर्ष पछि हुन लागेको स्थानीय तहको निर्वाचनमा उप प्रमुखमा भ्डिनको लागि राजीनामा दिएका हुन् ।

आगामी अषाढ १४ गते हुने भनिएको स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिनेमा शिक्षा स्वास्थ्य र प्राविधिक कार्यालयमा कार्यरत कर्मचारीले पदबाट राजीनामा दिएका छन् ।

नेपाली कांग्रेसले बढिनन्दा नगरपालिकाको उपमेयरको टिकट दिएपछि सत्य मावि पाण्डुसैनमा कार्यरत शिक्षिका रिता देवी सिहंले शिक्षक पेशाबाट राजीनामा दिनुभएको हो ।

यस्तै जिल्ला प्राविधिक कार्यालय बाजुरामा कार्यरत ईन्जिनीयर शृष्टि रेग्मीले पनि बुढिनन्दा नगरपालिका मै नेकपा एमालेबाट उपमेयरको टिकट पाएपछि जिल्ला प्राविधिक कार्यालयको ईञ्जिनियर पदबाट राजिनामा दिनुभएको छ ।

त्यस्तै सुुर्यदय प्रावि चैते पिलमा कार्यरत शिक्षिका तारा खाती (थापाले)पनि राजिनामा गर्नुभएको छ । उहाँले पनि कांग्रेसकै तर्फबाट बुढिगंगा नगरपालिकाको उपमेयरका लागि टिकट पाउनुभएको छ ।

मालिका उच्च मावि मार्तडीमा कार्यरत सवओभरसियर शिक्षिका गिता रावलले राजीनामा दिएर नेकपा एमालेबाट बडिमालिका नगरपालिकाको उपमेयरको टिकट पाएकी हुन् ।

मालिका उच्च मावि कै शिक्षक दलवहादुर थापाले नेकपा एमाले बाट बडिमालिका नगरपालिका वडा नं ८ को वडाअध्यक्षका उम्मेदवारको लागि टिकट पाएर चुनावी मैदानमा उत्रिएका छन् ।

काँडा स्वास्थ्य चौकीमा कार्यरत अनमी पवित्रा शाहीले नकेपा एमाले छेडेदह गाउँपालिकाको उपाध्यक्ष पाउने भएपछि अनमीवाट राजीनामा गर्नुभएको छ ।

यता मष्टा निमावि आटिचौरमा कार्यरत शिक्षिका सत्यकुमारी रोकाया रावतले पनि छेडेदह गाउँपालिकाको उपाध्यक्षको उम्मेदवारका लागि शिक्षिकावाट राजीनामा दिएकी थिईन ।

तर, पाटीले भेग र क्षेत्र मिलाउँन खोज्दा रोकायाले उपाध्यक्षको टिकट हातपार्न सक्नुभएन । ४ जना शिक्षक शिक्षिकाले जिल्ला शिक्षा कार्यालय बाजुरामा राजीनामा दिएर स्वीकृत पनि भईसकेको जिल्ला शिक्षा अधिकारी नगेन्द्र प्रसाद रेग्मीले जानकारी दिनुु भएको छ ।

स्थानीय तहमा महिला उपाध्यक्ष अनिवार्य समावेशी नीति लिएपछि सकारी नौकरीबाट राजीनामा दिएर महिला उम्मेदवार उठाएको राजनीतिक दलका नेताले बताएका छन् ।
एकिकृत बस्ति विकास कार्यक्रम बाजुरामा लागु हुदैँ ।