ब्रेकिंग न्यूज : प्रतिनिधिसभाको बैठक स्थगित

दलहरू आन्तरिक छलफलमा

काठमाडौं,फागुन,१२-प्रतिनिधिसभाको बिहीबारको बैठक स्थगित गरिएको छ ।संसद भवनमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सरकारले एक दिनको समय मागेपछि आज बिहीबारको प्रतिनिधिसभा बैठक स्थगित गर्ने निर्णय गरेको हो ।

संघीय संसद सचिवालयले प्रतिनिधिसभाको बैठक स्थगित गरेको सूचना टाँसेको छ।बैठक स्थगित भएसँगै दलहरू आन्तरिक छलफलमा जुट्ने भएका छन् ।

बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा संसदमा टेबुल भएको एमसीसीको प्रस्तावमा सामान्य छलफल गर्ने सम्भावित कार्यसूची रहेको थियो ।