आइतबार नेपालगन्जको बहुमुखी क्याम्पस गजलमय बन्ने

नेपालगन्ज , फागुन,४-
यहि फागुन ५ गते आइतबार महेन्द्र बहुमुखी क्याम्पस नेपालगंज गजलमय बन्ने भएको छ । नेपाली साहित्य परिवारको आयोजनामा हुने गजल वाचन कार्यक्रममा देशका ८ गजलकारले आफ्ना गजल सुनाएर महेन्द्र बहुमुखी क्याम्पसको प्राङ्गड गजलमय बनाउने छन् ।

गजलकार नमिता बराल, भुवन भुपी, जिवन सरोवर, भरत प्रमोद दाहाल, डा. देवेन्द्र आचार्य, नवराज कुन्दर, कृष्ण विरही, तिर्थ समीर, झलक वली र भवना पाठकले आफ्ना गजल सुनाउने भएका छन् ।

नेपाली गजलको श्रीवृद्धि, नेपाली गजलको उत्थानका लागि गजल वाचन कार्यक्रमको आयोजना गरिएको डा- देवेन्द्र अाचार्यले बताए ।

कार्यक्रम १० बजे देखि सुरु हुनेछ ।उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा प्राज्ञ बुँद राना रहनेछन् । उक्त क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरु तथा अध्यापन गराउने प्राध्यापकहरु भोलिको कार्यक्रमको लागि उत्साहित रहेकोमा लोकेश शाहीले बताए ।