नेपालगन्ज मल्टिपल क्याम्पस(एनएमसी)ले गर्यो व्यवस्थापनको शिक्षामा उदाहरणीय कार्य

नेपालगन्ज, फाल्गुन,४-
नेपालगन्जकै प्रतिष्ठित कलेज नेपालगन्ज मल्टिपल क्याम्पसमा स्नातक प्रथम वर्षाका विद्यार्थीलाई स्वागत र चौँथो वर्षमा अध्यनरत विद्यार्थीलाई बिदाइ गरिएको छ।

बिबिएस दोस्रो र तेस्रो वर्षमा अध्यनरत बिद्यार्थीहरु द्वारा आयोजित उक्त कार्यक्रम शनिबार क्याम्पसकै प्राङ्गणमा सम्पन्न भएको हो।
बिबिएस तेस्रो वर्षमा अध्यनरत छात्र प्रकाश पोखरेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथी आदर्श माविका अध्यक्ष संजय थापा, विशिष्ट अतिथी आदर्श तथा एनएमसीका चिफ डाइरेक्टर ईश्वर पोखरेल आदर्श तथा एनएमसिका चिफ एकेडेमिक एडभाइजर प्रकाश लामिछाने रहनु भएको थियो।त्यस्तै अतिथिहरुमा बिरभान केसी, महेश्वर जोसी, भानु रेग्मी,विष्णु गिरी,मनित शर्मा, लोक ब शाह, दुर्गा प्रसाद घिमिरे, मधुसुदन अधिकारी , लगाएत अन्य शिक्षक शिक्षिकाहरु रहनु भएको थियो।आमन्त्रित अतिथीमा होलिल्याण्ड माबिका कोर्डिनेटर अनिल भण्डारी रहनु भएको थियो।

चलिरहेको संस्कृतिलाई सम्मान गर्दै बिशेश गरि व्यवस्थापनको अध्ययनलाई अनावश्यक खर्च कटौतिको कुरा विद्यार्थी मार्फत समाजमा पुगोस भन्ने उद्देश्यको साथ यस पटकको कार्यक्रमबाट उदाहरणीय कार्य गर्दै एनएमसी ले परम्परागत रुपमा प्रयोग हुँदै आइरहेको खादाको सट्टा अतिथिहरुलाई पुष्प गुच्छा दिई स्वागत तथा सम्मान गरेको क्याम्पस चिफ थानेश्वर पाण्डेले बताउनु भयो।

क्याम्पस प्रमुख थानेश्वर पाण्डेले सन्चालन गर्नु भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य भने नेपालगन्ज मल्टिपल क्याम्पसका सहायक क्याम्पस प्रमुख थमन केसीले राख्नु भएको थियो।
स्वागत मन्तव्यका क्रममा व्यवस्थापनको पढाईलाई व्यवहारिक रुपमा लागू गर्न सकेको अवस्थामा समाजमा कुनै पनि अप्ठेरो अवस्थाको सृजना नहुने कुरा सहायक क्याम्पस प्रमुख केसीले बताउनु भएको थियो। साथै खादा नकिनेर बचेको रकम बुद्धिमान सहयोग कोषमा जम्मा गर्ने पनि सहायक क्याम्पस प्रमुख केसीले बताउनु भयो।

कार्यक्रममा स्नातक प्रथम वर्षमा अध्यनरत विद्यार्थीहरुलाई स्वागत तथा चौथो वर्षका विद्यार्थीहरुलाई बिदाई गरिएको थियो।
त्यस्तै कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरुलाई सम्मान समेत गरिएको थियो। साथै लामो समय शिक्षण पेशामा योगदान दिनु भएका होलिल्याण्ड माविका कोर्डिनेटर अनिल भण्डारिलाई सम्मान पनि क्यामपसले गरेको थियो।
कार्यक्रममा बिद्यार्थीहरुले विविध सांस्कृतिक प्रस्तुतीहरु पनि दिएका थिए। बिहान ११ बजे देखि सन्चालन भएको कार्यक्रम सांझ ५ बजे सकिएको थियो।