सामाजिक कार्यकर्तालाई निर्वाचन शिक्षा अभिमुखीकरण

रमित बि.क,

बाजुरा,जेष्ठ ,६-
आसन्न स्थानिय तहको जेठ ३१ गते हुने निर्वाचनका लागि जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयका सामाजिक परिचालकहरुलाइ निर्वाचन मतदाता शिक्षा सम्वन्धी अभिमुखीकरण तालिम दिइएको छ ।

​बैशाख ३१ गते भएको तिन वटै प्रदेशमा मतदाताहरुले मत हाल्न नजानेर धेरै मत बदर भएकाले मत बदर न्युनिकरण गर्नका लागि सामाजिक परिचालकहरुलाई मतदाता शिक्षा सम्वन्धी अभिमुखीकरण दिइएको जिल्ला निर्वाचन कार्यालय बाजुुराका निर्वाचन अधिकारी शुभद्रा गौतमले बताउनु भएको छ ।

सामाजिक परिचालकहरुले एक मत भएर जनताहरुलाई मतदाता शिक्षाको कमी नहुन दिनका लागि जिल्लामा सबै विभिन्न तहका सामाजिक परिचालक तथा मतदाता शिक्षा कार्यकर्तालाई अभिमुखीकरण दिइएको उहाँले बताउनु भयो ।

जिल्ला निर्वाचन कार्यालयबाट मतदाता शिक्षा कार्यकर्ताका रुपमा खटिएका स्वयमसेवक र अन्य गैर सरकारी कार्यालयका सामाजिक परिचालकहरुको एक मत भएर निर्वाचनलाई सफल पार्नका लागि अभिमुखीकरण गरिएको बताइएको छ ।

३ वटै प्रदेशमा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नभएको विभिन्न संचार माध्यममा आएकाले त्यसलाई रोक्नका लागि सबै सामाजिक परिचालकलाई मतदाताहरुलाई मतदान गर्ने प्रक्रियाका बारेमा सहज बनाउन प्रशिक्षण गरिएको हो ।

जिल्लाका निर्वाचन शिक्षा कार्यकर्ता र स्वास्थ्य कार्यकर्ता गरी ६९ जनालाई अभिमुखीकरण गरिएको छ । मतदाताको मत प्रत्र प्रयोग र निर्वाचनको मतदाता शिक्षा कार्यकर्ताले कुनै पनि पार्टीको प्रचार प्रसार नगर्न आग्रह गरिएको जिल्ला निर्वाचन कार्यालय बाजुराले आग्रह गरेको छ ।

कुनै पाटीको मतदाता शिक्षा कार्यकर्ताले प्रचार गरेको पाईएमा कानुनी कार्बाही हुने जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी मान बहादुर थापाले बताउनुभएको छ ।