आदर्श मावि नेपालगन्जले गरायो हाउस वाइज वक्तित्वकला प्रतियोगिता

नेपालगन्ज,जेष्ठ ,२५-


आदर्श मावि नेपालगन्जमा शुक्रबार हाउस वाईज वक्तित्वकला प्रतियोगिता गराइएको छ।

आधारभुत तह कक्षा ६ देखि ८ र मावि तह कक्षा ९ र १० कक्षा सम्मका विद्यार्थीहरुबिच वक्तित्वकला प्रतियोगिता गराइएको छ।आधारभुत तहका लागि वक्तित्वकलाको शिर्षक “हाम्रो आदर्श, हाम्रो अनुशासन ” भन्ने थियो भने माविका लागि शिर्षक “द्वन्द व्यवस्थापनमा युवाहरुको भुमिका ” रहेको आदर्शका अध्यापक तथा कोअर्डिनेटर विष्णु गिरीले जानकारी दिनुभयो।

प्रतियोगितामा आधारभुत र मावि तहका विभिन्न हाउसका ३० जना विद्यार्थीहरुले सहभागीता जनाएका थिए।

आधारभुत तहको वक्तित्वकला प्रतियोगितामा ग्रीन हाउसकी प्रकृति न्यौपाने प्रथम, रेड हाउसकी आकृती पुन द्वितीय र ब्लु हाउसकी बिबिका भण्डारी तृतीय भएका छन।

त्यस्तै कक्षा ९ र १० अन्तर्गत चार वटा हाउसका सदस्यहरुबिच गराइएको “द्वन्द व्यवस्थापनमा युवाहरुको भुमिका” शिर्षक वक्तित्वकला प्रतियोगितामा ग्रीन हाउसकी सृष्टि सापकोटा प्रथम भएकी छिन। त्यस्तै रेड हाउसकी सुप्रीया पौडेल दोस्रो , रेड हाउसकै दिया रजौरे तृतीय र ग्रीन हाउसकै अशिम पोखरेल चौँथो भएका छन।

 

प्रतियोगितामा प्रथम ,द्वितीय , तृतीय र चौँथो हुने विद्यार्थीहरुलाई आदर्श माविका चिफ डाइरेक्टर ईश्वर प्रसाद पोखरेल र आदर्श माविका पृन्सिपल बिरभान केसीले अविर लगाइदिएर प्रमाणपत्र वितरण गर्नुभएको थियो।

विद्यार्थीहरुलाई चौतर्फी ज्ञानले पोख्त बनाउने उद्देश्यले वक्तित्वकलाको आयोजना गरिएको र साथै हरेक शुक्रबार विद्यालयमा विभिन्न अतिरिक्त क्रियाकलाप गराउँदै आएको आदर्शका चिफ डाइरेक्टर पोखरेलले बताउनु भयो।

प्रतियोगितामा प्रथम , द्वितीय , तृतीय र चौँथो हुने विद्यार्थीहरुलाई बधाई दिँदै बिरभान केसीले भन्नुभयो, ” विद्यार्थीको सेल्फ मोटिभेटको लागि वक्तित्वकला गराएका हौँ। विद्यार्थीको क्षमतामा विकास गराउनको लागि एक्स्ट्रा नलेजको आवस्यक पर्दछ। त्यसै अनुरुप हरेक शुक्रबार अतिरिक्त कार्यक्रम आदर्शमा हुँदै आएको छ।”

शिक्षक-शिक्षिका लगायत विद्यार्थीको निकै उत्साहजनक उपस्थिति रहेको उक्त प्रतियोगिताको सन्चालन शिक्षक रामजित चौधरीले गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण अन्जली जैन, रामदास दहित , अर्चिता क्षेत्री, यशोदा बस्नेत र लक्ष्मी गौतमले गर्नुभएको थियो।