खुमन अधिकारीको शब्द संकलनमा ‘जी थपेर बोल’ बोलको नयाँ गित सार्वजनीक

दमन र पुजना स्त्रीको अभिनय

काठमाण्डौं,कार्त्तीक,३०-

नेपाली गित संगितमा ठुप्रै किसिमका नयाँ नयाँ गितहरुले नेपाली बजारमा तहल्का पिटि रहेका बेला फेरी अर्को नयाँ गित सार्वजनीक भएको छ । जुन गित तिनै चर्चित राष्ट्रिय लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

नेपाली समाजमा विभिन्न किसिमको विकृती पैदा भैईरहेका बेला यो गितले भने ठट्यौली शैलीमा व्यङ्ग्य गर्दै नेपाली समाजमा बस्दा कसलाई कसरी सभ्य भाषा प्रयोग गरि सम्मान गर्ने भन्ने तर्फ संकेत गर्दै गतीलो सन्देश दिन खोजेको छ । 

चर्चीत राष्ट्रिय लोक तथा दोहोरी गायक खुमन अधिकारी

सायद यसै कारणले हुन सक्स गितको टाईटल (Titile) नै ‘हरेक नामको पछाडि जी थपेर बोल’ भन्ने रहेको छ । यो गितको लय तथा शब्द संकलन भने सुमधुर स्वरका धनी खुमन अधिकारी हो ,भने यो गितमा गायिका पार्बती स्त्रीले स्वरमा साथ दिएकि छिन् । 

लेखनाथ पौड्यालको प्रस्तुतीमा रहेको यो गीतको भिडियोमा भने चर्चीत हास्यकलाकार दमन रुपाखेती र पुजना स्त्रीको अभिनय रहेको छ। काठमाडौंको मुड्खु भन्ज्यांङमा छायांकन गरिएको यो म्युजिक भिडियोको निर्देशक प्रकाश भट्टले गरेका हुन् ।

वास्तवमा ‘हरेक नामको पछाडि जी थपेर बोल’ भन्ने यो गितको बोल बाटै तपाईले गितले सन्देश दिन खोजेको कुरा राम्रो संग बुझिसक्नु भाको छ होला । यो गितले जसरी नेपाली समाज लाई सभ्य बनाउन उन्मुख गर्छ, त्यसरि नै यो गित बाट प्रेरणा लिदै नेपाली समाजमा बसोबास गर्ने ले सभ्य बन्न सिक्न जरुरी रहेको छ ।

(भिडीयो पनी हेर्नुहोस् )