मन्त्रिपरिषद् बैठकले गरेका २२ निर्णयहरु

फाईल तस्विर !!

काठमाडौं,भदौ,११-सरकारले नेपाली सेनाका प्रमुख सेनानी सरोजकुमार अधिकारीसमेत तीन प्रमुख सेनानीहरूको बढुवा गरी पदस्थापन गर्ने निर्णय गरेको छ ।

गएको मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले महासेनानी दिपेशजंग शाहसमेत १२ महासेनानीहरूको सरुवासमेत गरेको छ ।

यस्तै, नेपाली सेनाका प्राविधिक प्रमुख सेनानी सुमित्रा मुलेपतीलाई प्राविधिक महासेनानी दर्जामा बढुवा गरी पदस्थापन गर्ने निर्णय गरिएको छ ।

उच्च शिक्षाका लागि विदेशी विश्वविद्यालयहरूमा अध्ययन गर्न जान चाहने विद्यार्थीहरूलाई वैदेशिक अध्ययन अनुमतिपत्र जारी गर्ने कार्य पुनः सुचारू गर्ने निर्णय बैठकले गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिनुभयो ।

नेपाल चेम्बर अफ कमर्सको (सातौं संशोधन) विधान, २०७७ स्वीकृत गर्नेलगायतका विभिन्न २२ ओटा निर्णयहरु मन्त्रिपरिषद्को सो बैठकले गरेको छ ।

निर्णयहरु पढ्नुहोस !!