नेपालमा थप ११११ जना कोरोना संक्रमित थपिए, मृतको संख्या १८३ पुग्यो

काठमाडौं,भदौ,११-पछिल्लो २४ घण्टामा ११११ कोरोना संक्रमित भेटिएका छन् ।विभिन्न प्रयोगशालामा १२ हजार ६२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ७७७ पुरुषमा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा हालसम्मकै उच्च ३७७ जना संक्रमित थपिएका छन् ।

त्यसमध्ये काठमाडौंमा २७० जना, ललितपुरमा ६६ जना र भक्तपुरमा ४१ जना रहेका छन् ।यससँगै कुल संक्रमितको संख्या ३५ हजार ५ सय २९ पुगेको छ ।

उनीहरुमध्ये १८३ जनाको मृत्यु भएको छ भने २० हजार ७३ जना कोरोनामुक्त भएका छन् ।पछिल्लो २४ घण्टामा मात्र ५६९ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोनाका ३७७ संक्रमित भेटिएका छन् ।

पछिल्लो २४ घण्टामा ८ जनासहित संक्रमणबाट मृत्यु हुनेको संख्या १८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिनुभयो ।२४ घण्टामा मृत्य हुने ८ जनामध्ये ५ जना महिला र ३ पुरुष छन् ।

काठमाडौंका ४८ वर्षीय पुरुष, ललितपुरकी ६५ वर्षीया महिला, बाराकी २३ वर्षीया महिला, पर्साका ६२ वर्षीय पुरुष र कास्कीकी ३२ वर्षीय एक महिला, कपिलवस्तुका ५० वर्षीय पुरुष, रुपन्देहीकी ७० वर्षीया र बाँकेकी ७० वर्षीया महिलाको मृत्यु भएको मृत्यु भएको प्रवक्ता डा. गौतमले बताउनुभयो ।