बाँके बागेश्वरी कलेजले गर्यो आठौँ सेमेस्टरका बिद्यार्थीलाई विदाई

नेपालगन्ज, चैत्र,०५-
मध्य तथा सुदूर पश्चिमाञ्चल क्षेत्रमा उत्कृष्ट नतिजा दिन सफल अाई टी सम्वन्धी पढाइ गर्ने बाके बागेश्वरी कलेज( बिएसि सिएस आइटि) नेपालगन्जले अाज एक कार्यक्रम गरि अाठौं सेमेष्टरका बिद्यार्थीहरुलाई विदाई गरेको छ ।

उक्त कलेजका सातौँ सेमेस्टरमा अध्यनरत बिद्यार्थीद्वारा आयोजित गरिएको बिदाई कार्यक्रम नेपालगन्जमा रहेको अाई पि कम्पेल्क्स होटलमा सम्पन्न भएको थियो।

त्यसै कलेजका सेभेन सेमेष्टरमा अध्ययनरत बिद्यार्थी काशिराम गौतमको अद्यक्षतामा सम्पन्न गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि उक्त कलेजका अध्यक्ष किशोर कुमार पाण्डे , बिशिस्ट अतिथिमा कलेजका मेनेजिङ डाईरेक्टर रबिन्द्र प्रसाद ज‍ोशी, कलेजका प्राचार्य चर्तुभुज भट्ट र म्याथ डिपार्टमेन्टका प्रमुख राजेन्द्र श्रेष्ठ रहेका थिए।

त्यस्तै अतिथिहरुमा कलेजका कोर्डिनेटर बिरेन्द्र सिंह साउथ, शिक्षक होमराज खड्का, सुभाष चौधरी , नेपालगन्ज टेक्निकल कलेजका प्राचार्य दिपक बि-सी- , नेपालगन्ज टेक्निकल स्कुलका प्राचार्य दामोदर ढकाल, लोकप्रिय सन्देश दैनिकका सम्पादक दिनेश कुमार ठाकुर लगायतका रहेका थिए ।

उक्त कार्यक्रममा विदाई हुने विद्यार्थीहरुलाई मायाको चिनो दिएर सम्मान गरिएको थियोे । उक्त कलेजका डाईरेक्टरले कलेजलाई अझै सुविधा सम्पन्न र उत्कृष्ट एकेडेमी बनाउने बताए । कलेजका अध्यक्ष किशोर कुमार पाण्डेले अाई टी पढेका बिद्यार्थीहरु बेरोजगार बस्नु नपर्ने र यसको बजार रहेको बताएका थिए ।

कार्यक्रममा बिद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम गरेका थिए भने सेमेष्टरक‍ो रिजल्टमा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीहरुलाई पुरस्कार वितरण पनि गरिएको थियोे । उक्त कार्यक्रम कलेजमा सेभेन सेमेष्टरमा अध्ययनरत बिद्यार्थी विशाल खत्री र बिनोद शर्माले चलाएका थिए।