स्ववियू निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न अनेरास्ववियू ओखलढुंगाको माग

ओखलढुंगा, फागुन,७-
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारी ओखलढुंगाले स्ववियू निर्वाचन कार्यतालिका तत्काल सार्वजनिक गर्न माग गरेको छ ।

त्रिभुवन बिश्व बिद्यालय आफैले तोकेको स्वतन्त्र बिद्यार्थि युनियन स्ववियूको निर्बाचन मिती नजिक आईसक्दा पनि निर्वाचनको कार्यतालिका सार्वजनिक नगरेको भन्दै आपत्ति जनाएको हो ।

फागुन १४ गतेका लागि तय गरिएको स्ववियू निर्वाचनको कार्यतालिका सोमबार नै सार्वजनिक गर्नुपर्ने त्रिभुवन विश्वविद्यालयको कार्यतालिकामा उल्लेख गरिएको भए पनि यही कार्यतालिका अनुसार स्ववियू निर्वाचनको कार्यतालिका सार्वजनिक नगरेको भन्दै अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारीले संयुक्त प्रेस बिज्ञप्ति जारी गरेको छ ।

अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारीले बिगतमा प्रतिकुल अबस्थामा पनि स्ववियु निर्बाचन नरोकिएको तर अहिले सहज बातावरण हुदाँ पनि कार्यतालिका सार्वजनिक नगरेको प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।