निर्वाचनलाई भयरहित सम्पन्न गर्न राजपालाई डा. कनोडियाको आग्रह

बाँके ,जेठ ,३०-

आफ्नो प्रचारमा रहेको सवारी साधन तोडफोड भएपछि नेपालगन्ज उपमहानगरपालिकाका काँग्रेसका मेयर उम्मेदवार डा. सुरेश कुमार कनोडियाले राजपाका नेताहरुलाइ भेटि आम जनताले निर्वाचनको पक्षमा रहेकाले हिसां र आन्दोलन त्यागी निर्वाचनमा सहभागी हुन आग्रह गर्नुभयो ।

आज विहान नेपालगन्जको त्रिभुवन चोकमा डा. कनोडियाको सवारी साधनमा तोडभोड गरेको अभियोगमा प्रहरी हिरासतमा पुगेका राजपा नेता रौनियारलाइ भेट गर्न जिल्ला प्रहरी कार्यालय बाँकेमा पुग्नुभएका डा. कनोडियाले त्यहाँ पुगेका राजपा केन्द्रिय उपाध्यक्ष नेताहरु विजय कुमार गुप्ता र सहमहामन्त्री पशुपति दयाल मिश्रसंग निर्वाचनलाइ शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आफ्नो पार्टीबाट भूमिका खेल्न आग्रह गर्नुभयो ।

जनताले निर्वाचन चाहेकाले शान्तिपूर्ण निर्वाचनमा मतदान गर्ने वातावरण बनाउने सबै राजनितिक दलहरुको जिम्मेवारी भएको भन्दै डा.कनोडियाले त्यस कार्यमा लाग्न आफ्ना नेता कार्यकर्तालाइ समेत जिम्मेवार बनाउनुपर्ने बताउनुभयो ।

जिल्ला प्हरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक टेक प्रसाद राइ सहितको भेटघाटमा राजपालाइ पनि निर्वाचनमा सहभागी बनाउन सरकारले वातावरण बनाउनुपर्ने केन्द्रिय उपाध्यक्ष विजय गुप्ताले बताउनभयो  ।

हिसांत्मक आन्दोलन नगर्न आफ्ना कार्यकर्तालाइ आग्रह गर्दै काँग्रेसका मेयर प्रत्यासी डा. कनोडियाको गाडी तोडफोड भएकोमा दुख व्यक्त गर्नुभयो ।

सो अवसरमा प्रहरी हिरासतमा रहेका राजपा नेता रौनियारलाइ भेट्दै हिसांत्मक आन्दोलन भन्दा जनताको मन जित्न आग्रह गर्नुभएको थियो ।

राजपाको आज भएको उक्त गतिविधिलाइ लिएर आफ्नो कुनै गुनासो नरहेको उल्लेख गर्नुभएको थियो ।