शोषण,दमन र धार्मिक हिंसाका कारण देश द्धन्द्धमा फसेको माओवादी नेता : पोखरेल

रमित बि.क.

बाजुरा ,जेष्ठ ,३०-

नेकपा माओवादीका स्थायी कमिटी सदस्य एवंम केन्द्रिय सदस्य लिलामणी पोखरेलले यो देश शोषण,दमन र धार्मिक हिंसाका कारणले द्धन्द्धमा फसेको बताउनुभएको छ ।ं सोमबार नेकपा माओवादी केन्द्र बडिमालिका नगरपालिकाको चुनावी सभालाई संबोधन गदै उहाँले यस्तो बताउनुभएको हो ।

माओवादी जस्तै अरु दलले सही एजेण्डामा काम गरे यो देश द्धन्द्धमा नफस्ने समेत बताउनुभएको छ । एक फरक प्रसंगमा बोल्दै उहाँले सामान्तवादको चाँकडी नेकपा एमालेले गरिरहेको आरोप लगाउँदै एमाले सम्राज्यवादको दलाल समेत भएको ठोकुवा गर्नुभएको छ !

काँग्रेस एमालेले माओवादी यो देशमा सिद्धिएको भनेर गाउँ गाउँमा भ्रम प्रचार गरिरहेको बताउनुभएको छ । कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र जिल्ला संयोजक सहदेव बोगटीले नेकपा माओवादीले २०६२।६३ को जनआन्दोलनमा माओवादीले दलित,महिलाका बिरुद्ध लडेर छुवाछुतको अन्त्य गरेर देश समृद्ध दिशातिर डोर्याएको गुन समेत बाजुराली जनताले बिर्सेको बताउनुभएको छ ।

उहाँले सोझा साझा उम्मेदवारले विकास गाउँ गाउँमा पुर्याउने र बाँठा टाठा उम्मेदवारले विकास घरमा लिने भएकाले नेकपा माओवादी केन्द्र बाजुराले अगामी असार १४ गते हुने स्थानिय तहको निर्वाचनमा सोझा साझा उम्म्मेदवार उठाएकोे र अन्य प्रतिपक्ष दलले बाँठा टाठा उम्मेदवार उठाएको बताउनुभएको छ ।

बाजुराली जनताले यस पटक नेकपा माओवादी केन्द्रको आँसी हतौडामा भोट हालेर माओवादी केन्द्र बाजुरालाई जिताउनु आग्रह गर्नुभएको छ । कार्यक्रममा नेकपा माओवादी केन्द्र बाजुराका अध्यक्ष भरत बुढा,त्रिबेणाी नगरपालिकाका मेयरका उम्मेदवार दिपक बुढा,बुढीगंगा नगरपालिकाका मेयरका उम्मेदवार दिनेशराज जैशी,छेडेदह गाउँपालिकाका संयोजक दिपक कुमार डिसी,जनमोर्चा

जिल्ला अध्यक्ष गणेश बहादुर रोकाया, अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रिय सदस्य कमल कुमारी शाह,बडिमालिकाका मेयरका उम्मेदवार मान बहादुर बि.क. लगायतका नेताहरुले संबोधन गर्नुभएको थियो ।