सडकपेटीमा राखेका सामान नगरपालिकाको नियन्त्रणमा

सिर्जना बर्देवा/
ओखलढुंगा,पौष,८-

खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाले सडकपेटीमा राखेका सामान नियन्त्रणमा लिएको छ । नगरको स्वच्छताका लागि पुस ५ गतेदेखि सरसफाई सप्ताह थालेको नगरपालिकाले दिक्तेलबजारका सडकपेटीमा राखिएका एक ट्याक्टर सामान नियन्त्रणमा लिएको हो ।
नगरपालिकाको आग्रह बेवास्ता गर्दै सडक पेटीबाट बिक्रीका सामान नहटाउने व्यवसायीको सामान प्रहरीको सहयोगमा पहिलोपल्ट उठाइएको मेयर दिपनारायण रिजालले बताउनुभयो । सडक पेटीबाट चटपटे बनाउने सामानदेखि कपडासम्म नियन्त्रणमा लिएको नगरपालिकाले जनाएको छ ।