ट्रक दुर्घटना हुदा एकको मृत्यु, एक घाईते

पवन मुडभरी, बौनिया,पुस,८-
कैलालीको बर्दगोरिया गाउपालिका ४ निमुवाबोझि चौक नजिक ट्रक रोड बाट तल पल्टिदा ट्रक चालकको मृत्यु भएको छ भने सह चालक घाईते भएका छन । आज विहान करीब सवा ४ बजे दाङबाट धनगढी तर्फ गईरहेको सिमेन्ट बोकेको ना ६ ख १९९० नं.को ट्रक रोड बाट तल पल्टिदा ट्रक चालक दाङ निवासी ४० वर्षिय हरी प्रसाद चौधरीको घटना स्थलमै मृत्यु भएको हो ।

सह चालक अनिल चौधरी गम्भिर घाईते भएका छन उनको खुट्टा भाचिएको छ । घाईते चौधरीलाई बर्दगोरिया अस्पतालमा सामान्य उपचार पछि नेपालगञ्ज रिफर गरिएको ईलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरीक्षक कलेन्द्र विक्रम शाहीले जानकारी दिनुभयो । शाहीका अनुसार विहान अध्यारो र बाक्लो हुस्सुका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।