दाङ राजधानी बनाएर फेरि विजय हुन्छु : महरा

बुटवललाई पर्यटकीय शहर र नेपालगञ्जलाई औद्योगिक शहर बनाइने

 घोराही,पुस,९-

नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता कृष्णबहादुर महराले पाँच नम्बर प्रदेशको राजधानी कुनै पनि हालतमा दाङ हुने बताउनुभएको छ । दाङ क्षेत्रनम्बर २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित महराले आज बिहान मतदाता भेटघाट कार्यक्रममा सो कुरा बताउनु भएको हो ।

भौगोलिक, पर्याप्त पूर्वाधार, प्रशस्त जमिन, सुरक्षा र भौगोलिक समदुरीका हिसाबले दाङ पाँच नम्बर प्रदेशको राजधानी हुन उपयुक्त भएको महराको भनाइ छ ।

बुटवललाई पर्यटकीय शहर र नेपालगञ्जलाई औद्योगिक शहर बनाइने बताउनुभयो । उहाँले भन्नुभयो ‘अहिलेसम्म मैले राजनीतिमा हार व्यहोर्नु परेको छैन । यसपटक पनि दाङलाई राजधानी बनाएर विजयी हुने बताउनुभयो । 

यसैविच :  फरक प्रसङ्गमा बोल्दै महराले माओवादी र एमालेबीच सम्मानजनक पार्टी एकता हुने बताउनुभयो । एमाले महासचिव इश्वर पोखरेलले पार्टी अध्यक्ष, संसदीय दलको नेता र प्रधानमन्त्री एउटै व्यक्ति हुने अभिव्यक्ति दिएको बेला महराले भने प्रधानमन्त्री र पार्टी अध्यक्ष फरक फरक हुने जानकारी दिनुभयो ।